बिहानी
हरेक दिन यस्तो होस् कि बिहानको चिनी बिनाको चियाले पनि मनमा मिठास ल्याओस्, बिहानको त्यो चिसो वतासले मनका ढोका ढक्ढकाएझै, म बादलसरी हावाको वेगमा बहन्छु भने, ति\िnिमी घामसरी मेरो बादलको संसारबाट बाहिरिन खोज्छौ, के राम्रो हुन्छ होला त्यो दृश्य जब बादललाई छल्दै सूर्यले आउन खोज्छ ? काहले ऊँ झुल्किन्छ त कहिले म गर्जन्छु, तिमी बाहिरिन खोज्छौ, म कालोनिलो भई गर्जन्छु र आशुका निश्चल थोपा बगाउँछु, धर्ती झस्किन्छ ती चिसा पानीका धारा र वतासले, मेरो विडम्बना, पिडा लगातार असारभरी वर्षन्छ, तर तिमी मुक्त भई फेरि बार्हे महिना झुल्किन्छौ ! _आयुष्मा